बझाङ: बझाङको मस्टा गाउपालिका-१ रनाडा स्थित माइतिबन निम्न माध्यमिक विद्यालयका अङ्ग्रेजी शिक्षक धुर्बबहादुर रोकायामाथि आइतबार राति धारिलो हतियार प्रहार भएको छ।
अज्ञात समुहले खुकुरी प्रहार गर्दा रोकायाको दायाँ कानको भागमा गम्भीर चोट लागेको छ। जिल्ला अस्पताल बझाङमा प्रारम्भिक उपचारपछि स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ। रोकायाको घर खप्तडछान्ना–३ सिप्टिकोट हो।
प्रहरी नायब उपरीक्षक खगेन्द्र धमलाले मदिरा सेवनका कारण शिक्षक आफैं लडेको हुन सक्ने प्रारम्भिक अनुमान रहेको बताए। घाइते रोकायाले भने घटनाबारे बयान दिंदै अज्ञात समुहले आफूलाई दुई हजार रुपैयाँ माग्दा दिन नमानेपछि धारिलो हतियार प्रहार गरी भागेको बताए।








प्रतिक्रिया दिनुहोस