कञ्चनपुरः मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका-९ कोल्डस्टोर नजिक शिविर बस्ने ४५ वर्षीय बहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
सोमवार रानाले चलाएको बा ६६ प २९६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट नालामा खस्दा उनी घाईते भएका थिए। उनलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस