धनगढी: कञ्चनपुर र कैलालीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। कञ्चनपुरबाट मंगलवार साँझ भीमदत्त नगरपालिका–४ बसपार्कस्थित सार्वजनिक शौचालयमा लागूऔषध सेवन गरिरहेको अवस्थामा कृष्णपुर नगरपालिका–२ का २४ वर्षीय चन्द्र चन्द र बझाङको बुङगल नगरपालिका–१० का २७ वर्षीय धनबहादुर बाग लागूऔषधसहित पक्राउ परेका हुन्।
दुबै जनाको साथबाट ८६० मिलिग्राम खैरो हेरोइन बरामद गरी प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई लागूऔषधसहित अस्थायी प्रहरी चौकी बसपार्क, कञ्चनपुरको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
यता कैलालीको धनगढीबाट पनि एक जना लागूऔषधसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको हो।
मंगलवार अपराह्न धनगढी उपमहानगरपालिका–२ मिलनचोकबाट धनगढी–११ का २९ वर्षीय सन्तराम रानालाई पक्राउ गरिएको हो। रानाले चलाएको मोटरसाइकलको लेग गार्डमा लुकाइ राखेको ६ ग्राम ८३० मिलिग्राम लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस