अत्तरिया: कैलालीको अत्तरियामा रहेको एक औषधी फार्मेसीमा आगलागी भएको छ। आज विहान गोदावरी नगरपालिका-२ आदर्श गल्लीस्थित लक्ष्मी खनालको ३ तले पक्की घरको भुइतलामा रहेको औषधी फार्मेसीमा आगलागी भएको हो।
कञ्चनपुरको भीमदत्त नगरपालिका-२ बस्ने कबीराम तिवारीले संञ्चालन गरेको अनुश्री फार्मेसीको गोदाममा एक्कासी आगलागी हुदां उक्त गोदामभित्र रहेको औषधी पुर्ण रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो पुर्णरुपमा नियन्त्रणमा आएको बताइएको छ। आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ।








प्रतिक्रिया दिनुहोस