अछाममा बेपत्ता दुई किशोरी मृत भेटिए 



अछाम: अछाममा तीनदिनदेखि बेपत्ता दुई किशोरी मृत अवस्थामा फेला परेका छन्। जिल्लाको  तुर्माखाँद  गाउँपालिका-६ मा दुई किशोरी बिहीबार मृत अवस्थामा फेला परेका हुन्।

अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले दुई जना किशोरी मृत फेला परेको बताए। घटनाबारे जानकारी पाउनसाथ प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ गएको प्रजिअ सारुले बताए।

तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिसीका अनुसार वडा नम्बर ६ का दुई किशोरी घरदेखि झन्डै ५र७ सय मिटरको दूरीमा मृत फेला परेका हुन्। उनले भने, ‘दुवै जना किशोरी १७ गतेदेखि सम्पर्कविहीन थिए। घरका आफन्तहरूले खोजी गर्ने क्रममा आज बिहान घरदेखि केही दूरीमा रहेको वनमा मृत फेला परेका हुन्।’

अध्यक्ष बिसीका अनुसार मृत फेला पर्नेमा एक जना १५ वर्ष र अर्की १३ वर्षकी किशोरी हुन्। १६ वर्षकी किशोरी विवाहित हुन्। उनको परिवारका अन्य सदस्यहरू रोजगारीका लागि भारतमा छन्। उनी पनि एक महिना अघि मात्रै घर फर्किएकी थिइन्।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका