धनगढीः कैलालीको धनगढीबाट लागूऔषधसहित ३ जना युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ व्यारेल नजिकबाट डडेल्धुराको अम्मरगढी नगरपालिका–७ का २५ वर्षीय प्रकाश भट्टराई लागूऔषधसहित पक्राउ परेका हुन्।
उनलाई १ ग्राम २८० मिलिग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार नियन्त्रणमा लिएको छ। उनलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान गर्ने काम भइरहेको छ।
यसैगरी धनगढी–३ व्यारेल स्थित सुदूरपश्चिम प्रदेश ०१–०१२ प ६५५३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक धनगढी–७ मनेहराका २९ वर्षीय संजित राना र मोटरसाइकल पछाडी सवार सोही स्थानका २८ वर्षीय सोभत राना पक्राउ परेका छन्। दुबै जना ९ सय मिलिग्राम लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस