अत्तरिया: कैलालीमा लागूऔषध कारोबारसँगै प्रयोगकर्ताको सङ्ख्या ह्वात्तै बढेको छ। खुला सिमानाका कारण जिल्लामा लागू औषधको कारोबार बढेसँगै प्रयोगकर्ताको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङ्क अनुसार लागूऔषध प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको हो।
जिल्लामा सबैभन्दा बढी ७८४ वटा लागुऔषधसम्बन्धीका घटना दर्ता भएका छन्। कैलाली प्रहरीमा आर्थिक वर्ष २०८०/८१ मा ३१५ वटा लागुऔषधका घटना आर्थिक वर्ष २०७९/८० चार सय ६९ वटा घटना दर्ता भएका छन्।
जिल्लामा लागूऔषध सेवन गर्नेमा युवाको सङ्ख्या सबैभन्दा बढी देखिएको छ। यस्तो कुलतमा किशोररकिशोरी समेत फस्ने गरेको पाइएको छ। स्कुल तथा कलेजमा अध्ययनरत छात्र/छात्रा कुलतमा फस्ने गरेको प्रहरीको तथ्याङ्क छ।








प्रतिक्रिया दिनुहोस