कञ्चनपुरको गड्डाचौकी नाकाबाट बालबालिका र महिला भगाउने गिरोह सक्रिय 



महेन्द्रनगर: कञ्चनपुरको गड्डाचौकी नाकाबाट बालबालिका र महिला भगाउने गिरोह सक्रिय बनेको छ। सो नाका भएर भारतका विभिन्न सहरमा बालबालिका र महिलालाई भगाउने गिराेह सक्रिय भएको पाइएको छ। कतिपय नाकाहरू मानव बेचबिखनको प्रमुख चुनौतीका रूपमा देखा परेको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताइन्।

उनका अनुसार पछिल्लो समयमा जिल्लामा सीमानाका प्रयोग गरी बालबालिका, किशोरी, तथा महिलालाई भारत, खाडीमुलुक र अन्य देशतर्फ बेचबिखन हुने घटनाहरू बढ्दै गएका छन्।

मानव बेचबिखनको स्वरूप समयसँगै बदलिँदै गएको बताउँदै उनले वैदेशिक रोजगारी, विवाहको प्रलोभन, पर्यटनका नाममा, तथा प्रविधि प्रयोग गरेर हुने ‘साइबर ट्राफिकिङ’का घटना बढिरहेको बताइन्। 

संयोजक भट्टका अनुसार गत १६ जुलाई २०२४ देखि १५ जुलाई २०२५ सम्मको अवधिमा भारततर्फ जान लागेका २८६ जनालाई रोकथाम गरिएको छ। जसमध्ये  १२७ जना गड्डाचौकी नाकामा, ४८ जना चारलेन पुलमा र ३८ जना झोलुङ्गे पुलमा रोकथाम गरिएको थियो। रोकथाम गरिएका व्यक्तिहरूमध्ये एक सय २९ जना बालबालिका र १५७ जना महिला रहेका छन्।

तीमध्ये सुदूरपश्चिम प्रदेशका २४८ जना रहेका छन् भने  कञ्चनपुर जिल्लाका मात्रै १३६ जना रहेका छन्। सो अवधिमा भारतको हरियाणा, मुम्बई, पिथौरागढ, पुना, विहार र चमौलीबाट बेचबिखनमा परेका ८ जनाको उद्धार गरी ल्याइएको उनले बताइन्। सो अवधिमा माइती नेपालले दुई सय ९० जनाको पारिवारिक पुनर्मिलन गराएको छ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका