अत्तरिया: कैलालीबाट सशस्त्र प्रहरी बलले १४ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। जिल्लाको कैलारी गाउँपालिकाबाट सशस्त्र प्रहरी बल नेपालले १४ लाख मूल्यभन्दा बढीको सामान बरामद गरेको हो।
आज कैलारी गाउँपालिका-३ मोहनपुर स्थित सहायक सीमा स्तम्भ नम्बर ७३४र४ नजिकै अवैध सामान बरामद गरिएको छ। ५ लाख १५ हजार १७० मुल्यको लेडिज कपडा, बच्चाको खेलौना र पटाका बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीबाट सशस्त्र प्रहरी निरीक्षक गंगाधर मल्लको कमाण्डमा खटिएको १२ जनाको टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्र्याई लुकाई राखेको २ लाख १२ हजार २२० लेडिज कपडा र बच्चाको खेलौना बरामद गरिएको छ।
यस्तै ३ लाख २ हजार ९५० मुल्यका पटाका धनगढी उपमहानगरपालिका-१ का वडाध्यक्ष सन्तोष मुडभरीको रोहवरमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको कार्यालय परिसरभित्र नष्ट गरिएको छ।








प्रतिक्रिया दिनुहोस