भोलि कैलालीको अत्तरियामा चक्काजाम गरिने 



अत्तरिया: भोलि कैलालीको अत्तरियामा चक्काजाम गरिने भएको छ। गोदावरी नगरका चार वडा अध्यक्षहरूले भोलि सामुहिक रूपमा अत्तरियामा चक्काजाम गर्न लागेका हुन। विहान ९ बजेदेखि ११ बजेसम्म २ घण्टा चक्काजाम गर्ने वडा अध्यक्षहरूले बताएका छन्।

कैलालीको चौकीडाँडा–फल्टुडे सडक निर्माणको काम ६ वर्षदेखि अलपत्र छ। पूर्वाधार विकास कार्यालय, धनगढीले २०७७ सालमा जिल्लाको गोदावरी नगरपालिका–१० को कृष्ण मन्दिर–बाँन्द्रेखाल सडक निर्माणका लागि ठेक्का सम्झौता गरेको भए पनि निर्माणकार्य अलपत्र परेको हो।

चौकीडाँडा हुँदै फल्टुडे जोड्ने सडक निर्माणको काम अलपत्र परेको हो। चौकीडाँडा–फल्टुडे सडकको काम प्रदेश सरकारले अलपत्र पारेको छ। चौकीडाँडा–फल्टुडे सडकको काम अलपत्र पार्ने निर्माण कम्पनीहरुलाई प्रदेश सरकारले कुनै कारबाही समेत गर्न सकेको छैन।

गोदावरी नगरपालिकाका चार वडा अध्यक्ष ठेकेदारको विरुद्ध वडा कार्यालयको सेवा नै ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्। गोदावरी नगरपालिका वडा नम्बर ३, १०, ११ र १२ का वडा अध्यक्षहरू वडा कार्यालयको सेवा नै ठप्प पारेर ठेकेदार विरुद्ध आन्दोलनमा उत्रिएका हुन्।

चौकीडाँडा–फल्टुडे सडक खण्ड ६ वर्षसम्म पनि निर्माण नहुँदा सेवाग्राहीलाई सास्ती भएको भन्दै वडाध्यक्षहरु सामूहिक आन्दोलनमा उत्रिएका हुन्।

वडा नम्बर ३ का अध्यक्ष तेजराज अवस्थी, वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही, वडा नम्बर ११ का अध्यक्ष प्रेमसिंह बडैला र वडा नम्बर १२ का अध्यक्ष भीमबहादुर खड्कासहितका जनप्रतिनिधिहरु सडकमै बसेर विरोधमा छन्।

स्थानीयले पटक–पटक नगरपालिका, जिल्ला प्रशासन कार्यालय र भौतिक पूर्वाधार कार्यालयमा दवाव दिए पनि सडक निर्माणको काम अगाडि नबढेको गुनासो जनप्रतिनिधिहरूले गरेका हुन्।

ठेक्का पाएको निर्माण कम्पनीले काम नगरेको र सम्बन्धित निकायले कुनै कारबाही नगरेपछि वडाध्यक्षहरुले सडकमै कामकाज गरेर सरकार र निर्माण कम्पनीलाई दवाव दिने काम भइरहेको छ। जनप्रतिनिधिहरुले तत्काल निर्माण कम्पनीलाई प्रकाउ गरी काम सुरु गराउन वा ठेक्का रद्द गरी अन्य सक्षम कम्पनीमार्फत काम अघि बढाउन माग गरेका छन्।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका