अत्तरिया: कैलालीको अत्तरिया सुदूरपश्चिम प्रदेशको मुल नाका हो। विशेष गरी अत्तरियाको मुख्य चौक, प्रदेशका पहाडी जिल्ला, पूर्व जाने सडक र धनगढी जाने आसपासका क्षेत्रहरू थोरै वर्षामा पनि डुबानमा पर्ने गरेका छन्।
वर्षा सुरु हुनासाथ नालीमा फोहोर जाम भएर पानी सिधै नजिकै रहेका होटलभित्र पस्ने गर्छ। यस्तो समस्यालाई समाधान गर्न नगरपालिका र सम्बन्धित निकायले काम गर्नुपर्ने स्थानीय व्यापारी बताउँछन्।
अत्तरिया बजारलाई सफा बनाए, नालीहरूमा फोहोर फ्याँक्न नदिए, डुबानको समस्या कम हुने उनीहरूको तर्क छ। पूरै बजारसँगै नालीहरू सफा बनाउने नगरपालिकाको दायित्व हो। तर काम हुन सकेको छैन।
अत्तरियाको डुबानको प्रमुख कारणमध्ये एक हो, खुला नाली र त्यसमा थुप्रने फोहोर। अत्तरियाका अधिकांश नालीहरू प्लास्टिक, लेदो, ढुङ्गा, इँटा र अन्य निर्माणजन्य फोहोरले जाम हुन्छन्। नालीहरूमा ढक्कन नलाग्दा र नाली सफा नगर्दा समस्या झनै बढेको छ।
फोहोर तान्ने, ब्लक खोल्ने र सरसफाइका काम मात्र भए पनि यस्तो समस्या देखा नपर्ने स्थानीय राजु खड्काले बताए। खुला नालीका कारण दुर्घटनाको जोखिम समेत बढेको छ।
ढल बग्न बनाइएका नालीहरूमा फोहोर जमेको छ। ढल निकासको उचित व्यवस्थापन नहुंदा चोक वरीपरी जमेको पानीले अत्तरियालाई नै गिज्याईरहेकाे स्थानीय बताउँछन्।








प्रतिक्रिया दिनुहोस