अत्तरिया: कैलालीको धनगढी र अत्तरियामा जेनजी आक्रोशीत, बनेका छन्। यी दुबै सहरमा जेनजीले भ्रष्टाचारी नेता विरुद्ध प्रदर्शन नै गरेका छन्।
भ्रष्टाचार र बेथितिका साथसाथै सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रिएका जेनजीले धनगढी र अत्तरियामा विरोध प्रदर्शन गरेका हुन। जेनजीले गरेको प्रदर्शनमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।
धनगढी र अत्तरियामा भएको प्रदर्शन भने शान्तिपूर्ण थियोे। सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा आन्दोलनमा उत्रिएको जेनजी युवाहरुको समूहले गृहमन्त्रीको राजीनामा माग गरेको छ। सामाजिक सञ्जाल बन्द र अव्यवस्था विरुद्ध जेनजीहरूले आन्दोलन गरेका हुन।








प्रतिक्रिया दिनुहोस