अत्तरियामा ठेकेदार विरुद्ध जनप्रतिनिधिसहित सङ्घर्ष समितिको प्रदर्शन 



अत्तरिया: कैलालीको अत्तरियामा ठेकेदार विरुद्ध जनप्रतिनिधिसहित सङ्घर्ष समितिले प्रदर्शन गरेको छ।जिल्लाको  चौकीडाँडा–फल्टुडे सडक निर्माण कम्पनीहरू विरुद्ध अत्तरियामा प्रदर्शन गरिएको हो।

चौकीडाँडा–फल्टुडे सडक निर्माण सङ्घर्ष समितिको आयोजना र गोदावरीका जनप्रतिनिधिको उपस्थितिमा विरोध प्रदर्शन गरिएको हो। आज चक्काजामको घोषणा गरिएको भए पनि कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालसहित निर्माण व्यवसायीहरूले बिहान ओलानीमै पुगेर भोलिदेखि काम सुरु गर्ने लिखित प्रतिबद्धता जनाएपछि चक्काजामको कार्यक्रम रोकेर विरोध र कोण सभाको आयोजना गरिएको हो।

कोण सभालाई सम्बोधन गर्दै गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले ६ वर्ष अघि ठेक्का भएको सडक ठेकेदारले समयमा निर्माण नगरिदिँदा अहिलेको अवस्था आएको बताए। उनले आइतवार पत्रकार सम्मेलन गरेर चक्काजाम गरिने बताए पनि सिडिओ बिहानै ओलानीमा पुगेर आजै सहमति गर्ने प्रतिबद्धता जनाएपछि आफूहरूले प्रशासनलाई सहयोग गर्दै चक्काजाम रोकेको बताए।

वडा नम्बर ३ का वडाध्यक्ष तेजराज अवस्थीले आन्दोलनका कार्यक्रम अन्तर्गत सडकमै वडा कार्यालय सञ्चालन गर्ने कार्यक्रम गर्दा सुनुवाइ नभएपछि सडकमा उत्रिनु परेको बताए। ओलानी सडकका अटो व्यवसायी राजु विकले भने चक्काजामको कार्यक्रम गर्ने भनेर ब्यानर छाप्दा पनि भने अनुसार कार्यक्रम नगरिनु धोका भएको बताए।

उनले राजनीतिक हस्तक्षेपका कारण चक्काजामको कार्यक्रम रोकिएको दाबी गर्दै अब ओलानीवासी चुप लागेर नबस्ने बताए। सङ्घर्ष समितिका संयोजक विक्रम विकले आज गरिने सम्झौतापछि पनि घात गरिए अब एक दुई घण्टा नभएर सडक पुरै ठप्प गरिने चेतावनी दिए।

प्रदेश सरकारले ६ वर्ष अघि निर्माण गर्ने भन्दै ठेक्कामा लगाएको चौकिडाँडा फल्टुडे सडक कालोपत्रे नभएपछि गोदावरीको वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिले आन्दोलनका कार्यक्रम सुरु गरेका थिए। जसअनुसार बिहीवार र शुक्रवार सडकमै वडा कार्यालय सञ्चालन गरेका उनीहरूले सोमवार अत्तरिया चोकमा विरोधका कार्यक्रम गरेका हुन।

चौकीडाँडादेखि फल्टुडे जोड्ने उक्त सडक कालोपत्रे गर्न सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटबाट साढे २ किलोमिटर कालोपत्रे गर्ने भन्दै ठेक्का सम्झौता गरेको थियो। दोस्रो खण्डको उक्त सडक निर्माणका लागि २०७७ भदौ १८ गते एड्भेन्चर, थिगिम, सन्लाईट जेभिसँगै सम्झौता भए पनि हालसम्म उक्त सडक कालोपत्रे हुन सकेको छैन।

दोस्रो खण्डको काम नहुँदै प्रदेश सरकारले नै तेस्रो खण्ड निर्माणका लागि २०७९ चैत्र १८ गते तेडी निर्माण सेवा सँग सम्झौता गरे पनि उक्त सडक कालोपत्रेको काम पनि अलपत्र अवस्थामा रहेको छ। प्रदेश मार्फत ओलानी जोड्ने मुख्य सडक मध्ये साढे ५ किलोमिटर सडक दुई ठेकेदारले अलपत्र परेपछि गोदावरीका जनप्रतिनिधिसँगै स्थानीय आन्दोलित भएका छन्।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका