कैलालीमा आगजनी गरिएका पुरै सरकारी संरचना ध्वस्त 



अत्तरिया: कैलालीमा आगजनी गरिएका पुरै सरकारी संरचना ध्वस्त भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र माततका निकाय एवं मन्त्रालयका सबै संरचनाहरू आगलागीबाट ध्वस्त भएको देखिएको छ।

यस्तै जिल्ला प्रशासन कार्यालयका दुवै भवन पनि आगलागीबाट पुरै ध्वस्त भएका छन्। आन्दोलनकारीले आगो लगाउँदा सरकारी संरचना ध्वस्त भएर भग्नावशेष बनेका छन्। धनगढीमा रहेका प्रदेश र संघ सरकारमातहतका सबैजसो कार्यालय आगलागीबाट ध्वस्त भएका छन्।

प्रदर्शनकारीले मंगलबार सरकारी कार्यालयलाई निशाना बनाएका थिए। धनगढीमा मुख्यमन्त्री कार्यालय, भन्सार कार्यालय, प्रदेश सभा सचिवालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था तथा कृषि मन्त्रालय, सहरी विकास तथा भवन कार्यालय, मालपोत तथा नापी कार्यालय, सिटिइभिटीको प्रदेश कार्यालय, जिल्ला प्रशासन कार्यालय, भन्सार, यातायातलगायत दर्जनभन्दा बढी सरकारी कार्यालय आगलागीबाट क्षतिग्रस्त बनेका छन्।

यीमध्ये धेरैजसो कार्यालय पूरै ध्वस्त छन्। प्रदर्शनका क्रममा दर्जनौँ सरकारी गाडीसमेत जलाइएका छन्। अधिकांश स्थानीय तहका भवनमा पनि आगजनी गरिएको थियो। कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सरकारी कार्यालय सबै तहसनहस भएको बताए। नयाँ पुस्ताको जेन-जी समूहले सरकारी संरचनामा तोडफोड गर्नुका साथै आगजनी गरेपछि ती सबै संरचनाहरु ध्वस्त भएको देखिएको छ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका