कञ्चनपुरमा कुनकुन नेताको घरमा लगाइयो आगो? 



महेन्द्रनगर: कञ्चनपुरमा अधिकांश नेताका घरमा आगजनी र तोडफोड गरिएको छ। नयाँ पुस्ता जेन-जीले अधिकांश नेताको घरमा तोडफोड र आगजनी गरेको हो। प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार निवर्तमान गृहमन्त्री रमेश लेखकदेखि कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीको घरमा तोडफोड र आगजनी गरिएको हो।

सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पालको भीमदत्त नगरपालिका–१८ सालघारीस्थित घरमा तोडफोड र आगजनी गरिएको छ । यसैगरी बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको महेन्द्रनगर बजार गल्ली नम्बर १ स्थित घरमा तोडफोड गरिएको छ। जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको भीनपा–४ भगतपुरस्थित घरमा तोडफोड र आगजनी गरिएको छ।

काँग्रेस नेता तथा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य लेखको बेदकोट–८ र भीमदत्त–१८ मा दुई घरमा आगजनी र तोडफोड गरिएको छ भने सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलको भीमदत्त–६ मा रहेको घरमा आगजनी र तोडफोड गरिएको प्रहरीले जनाएको छ।

यस्तै, पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य प्रकाश रावलको भीमदत्त–६ मा रहेको घरमा आगो लगाउनुको साथै तोडफोड गरिएको छ। भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको वडा नम्बर २ र १८ मा रहेका दुईवटा घरमा तोडफोड र आगजनी गरिएको छ।

भीमदत्त नगरपालिकाकी उप–प्रमुख निलम लेखकको भीमदत्त–१८ मा रहेको घरमा आगो लागाउनुको साथै तोडफोड गरिएको छ भने एमाले नेतृ निरु पालको भीमदत्त–४ र १७ मा रहेको दुई घरमा आगो लगाइएको प्रहरीले जनाएको छ।

प्रदेश सभा सदस्य मधु भारतीको भीमदत्त–१८ मा रहेको एक घर तथा पूर्व नगर प्रमुख सुरेन्द्र बिष्टको घरमा पनि आगजनी र तोडफोड गरिएको छ। कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाको कृष्णपुर–६ मा रहेको घरमा समेत आगजनी र तोडफोड गरिएको छ।

यस्तै भीमदत्त–४ मा खगेश्वर बोहराको होटेल ओपेरा र क्यासिनो, भीमदत्त–१८ मा दुर्गादत्त बोहराको विपिन पुस्तक पसल तथा वडा नम्बर ४ मा रहेको रोयल सिलाई सेन्टरमा पनि आगजनी र तोडफोड गरिएको छ। भीमदत्त–५ मा सुरेन्द्रबहादुर सिंहको डायमण्ड क्यासिनोमा पनि तोडफोड गरिएको प्रहरीले जनाएको छ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका