अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाबाट चोरी गरिएका सामान धमाधम फिर्ता गरिन थालेको छ। विशेषगरी बिहान र साँझको समयमा चोरी गरिएका सामानहरू फिर्ता गरिन थालेको हो।
जेन-जी समूहको आन्दोलनका क्रममा गोदावरी नगरपालिका तोडफोड गरिनुका साथै आगजनी गरिएको थियो। आगजनीबाट गोदावरी नगरपालिकाको भवनमा क्षति पुगेको छ।
गोदावरी नगरपालिका तोडफोड गरिएपछि नगरपालिकाभित्र रहेका जिन्सी सामानहरू चोरी गरिएको थियो। कुर्सी, पङ्खा, टेबल सोफा लगायतका सामान चोरी गरिएको थियो।
चोरी गरिएका सामान यतिबेला बिहान र साँझको समयमा अपरिचित व्यक्तिहरूले फिर्ता गर्न थालेको नगरप्रमुखका स्वकीय सचिव दिपिन साउदले जानकारी गराए।
नगरपालिका तोडफोड र आगजनी गर्ने व्यक्तिको पहिचान गर्ने काम भइरहेको बताइएको छ। यसका साथै नगरपालिका भित्रबाट सामान चोरी गर्ने व्यक्तिहरूको पनि पहिचान गर्ने काम भइरहेको बताइएको छ।








प्रतिक्रिया दिनुहोस