सुदूरपश्चिमको जनजीवन पुरानै लयमा: सरकारी कार्यालय र शिक्षण संस्था खुल्दै  



अत्तरिया: भ्रष्टाचारविरोधी आन्दोलनको चार दिनपछि कैलालीको धनगढी, अत्तरिया, टिकापुर र कञ्चनपुरको महेन्द्रनगर लगायतका बजार क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ।

शुक्रबार अन्तरिम सरकारकी प्रधानमन्त्रीले मध्यावधि निर्वाचनको मिति तोकिएपछि सुदूरपश्चिमको अवस्था सहज बन्दै गएको हो। 

शनिबारदेखि कर्फ्यु हटाएपछि बजार खुलेका छन् भने सार्वजनिक यातायातसमेत चल्न थालेका छन्। सवारीसाधनको चाप बढेसँगै सडकमा ट्राफिक प्रहरी पनि खटिएका छन्। सडकमा सर्वसाधारणको भिड बढेको छ। कैलाली र कञ्चनपुरमा शनिबारदेखि कर्फ्यु हटाइएको छ। 

आजदेखि सरकारी कार्यालयबाट पनि सेवा सञ्चालन गर्ने तयारी छ। ठुलो क्षति नभएका सरकारी कार्यालयबाट सेवाप्रवाह गर्न लागिएको छ। क्षति भएका कार्यालयमा सरसफाइ र वैकल्पिक व्यवस्था गर्न लागिएको छ।

आन्दोलनपछि बन्द देशभरिका शैक्षिक संस्था आइतबारदेखि खुल्दैछन्। अवस्था सामान्य हुँदै गएपछि विद्यालय तथा कलेजले पठनपठान अघि बढाउन लागेका हुन्।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका