धनगढी: कैलाली भन्सार कार्यालय धनगढीमा राखिएका २ सय मोटरसाइकल जलेर खरानी पारिएको छ।
आन्दोलनकारीले कैलाली भन्सार कार्यालयमा लिलामीका लागि राखिएका दुई सयभन्दा बढी मोटरसाइल जलाएर खरानी पारिदिएका हुन।
भन्सार छलि, चोरी, मुद्दा मामिलालगायत विभिन्न ठाउँबाट बरामद ती मोटरसाइकल लिलामीको प्रकृया भन्सारले सुरु गरेको थियो।
भन्सार अधिकृत एवम् सूचना अधिकारी खिमप्रसाद अर्यालले कार्यालयका आधा दर्जन गाडी र लिलामीका लागि राखिएका दुई सयभन्दा मोटरसाइकल पूर्णरुपमा खरानी बनेका बताए।
त्यस्तै आगजनीबाट कार्यालय पुरै खण्डहर बनेको छ। मालवाहक सवारी साधनमा भने आगजनी नभएको कार्यालयले जनाएको छ। भन्सार कार्यालय र सवारी साधनमा भएको आगजनीबाट करोडौँ क्षति भएको अर्यालले बताए।








प्रतिक्रिया दिनुहोस