६ वर्षअघि प्रेमविवाह गरेकी पुष्पाले गुमाइन सहारा 



अत्तरिया: ६ वर्षअघि प्रेमविवाह गरेकी पुष्पाले आफ्नो सहारा गुमाउन पुगेकी छन्। भदौ २४ गते काठमाडौंमा भएको जेन–जी आन्दोलनमा महाराजगन्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी जवान उत्तमसिंह थापा मारिएपछि पुष्पा भट्टराईको सहारा गुमेको हो।

आन्दोलनकारीले प्रहरीको बिट जलाएर जवान थापालाई डिएसपी भन्दै क्रूर रूपमा कुटीकुटी हत्या गरेका थिए। दार्चुलाको लेकम गाउँपालिका–३ लाली घुम्खोलीका थापाको मृत्यु भएपछि  पुष्पा सहाराविहिन बन्न पुगेकी हुन। उत्तमको आसमा बाँचेकी पुष्पाको सहारा जेन–जी आन्दोलनले लुटेको छ।

गाउँमै रहेको कृष्ण माध्यमिक विद्यालयबाट १२ उत्तीर्ण गरेपछि उत्तमलाई प्रहरीमै कार्यरत उनका कान्छाबाबु रूपसिंह थापाले प्रहरी तालिम केन्द्र दिपायलमा कार्यालय सहयोगीका रूपमा काममा लगाएका थिए।

तीनपटककोे प्रयासमा २०७३ मा प्रहरी जवान भएका थापाले आधारभूत तालिम सकेपछि उनको प्रदेश प्रहरी गुल्म धनगढीमा पोस्टिङ भएको थियो। प्रहरी जवान थापाका काका रूपसिंहले लामो समय धनगढीमा कार्यरत भतिजाको ६ महिनाअघि मात्रै काठमाडौंमा सरुवा भएको बताए।

‘दाजुको देहान्त भएपछि म र मेरो जेठोदाजु तेजसिंह थापाले उत्तम र महेशलाई हेरचाह गरेका थियौँ,’ उनले भने, ‘कान्छो भतिजालाई नौ महिनाअघि गुमायौँ, अहिले जेठो भतिजो पनि गुमाएका छौँ। हाम्रो परिवारमा निरन्तर ब्रजपात भएको छ।’

दुई वर्षअघि प्रहरी नायब निरीक्षक ९सइ०बाट सेवा निवृत्त भएका रूपसिंहले उत्तमलाई डिएसपी भन्दै अमानवीय रूपमा कुटीकुटी प्राण लिएका फोटो, भिडियो सार्वजनिक भएको बताउँदै यस्तो निकृष्ट अमानवीय काममा संलग्नमाथि कानुनी कारबाही र पीडित परिवारलाई न्याय दिन अपिल गरेका छन्।

मृतक थापाका अर्का काका तेजसिंह थापाले उत्तमले ६ वर्षअघि मात्रै जोगबुढाकी पुष्पा भट्टराईसँग प्रेमविवाह गरेको बताए। ‘भतिजा उत्तमको जागिर धनगढी थियो, बुहारी पनि त्यहीँ बस्थिन्, ६ महिनाअघि मात्रै उनको काठमाडौं सरुवा भएको थियो।

दाजु र अर्का भतिजा गुमेपछि भाउजुको सुखसयलमा राख्छु भन्थ्यो, त्यही भएर धनगढीमा १० धुर जमिन पनि किनेको थियो, तर उत्तमको सपना जेन–जी आन्दोलनले अधुरै रह्यो,’ उनले भने।

शिक्षकबाट सेवानिवृत्त भएका तेजसिंहले कान्छा भतिजाको देहान्तसँगै उनकी श्रीमती अस्मिता बोहराले पनि घर छाडेर हिँडेको बताए। ‘यतिवेला हामी घरपरिवार विक्षिप्त भएका छौँ, अझ ठुलो पीडा भाउजु निर्मलामा परेको छ,’ उनले भने, ‘हाम्रो परिवारमा परेको यो अपूरणीय क्षतिको कुनै सीमा नै छैन।’ उनले अब उत्तमकोे सहारामा बाँचेकी उनकी धर्मपत्नी पुष्पालाई राष्ट्रसेवा गर्न सरकारले मौका दिनुपर्ने बताए।

उत्तमको आइतबार पशुपतिमै अन्त्येष्टि गरिएको छ। घरपरिवारको दार्चुलास्थित महाकाली नदीमा अन्त्येष्टि गर्ने चाहना भए पनि परिस्थितिले उतै अन्त्येष्टि गरिएको हो। दाहसंस्कारमा उत्तमका काका ईश्वर थापा, काकाका छोरा अमिस थापासहितका आफन्त उपस्थित थिए। उत्तमकी आमा निर्मला, उनकी पत्नी पुष्पासहित थापा परिवारले मुखै हेर्न नपाई उनको अन्त्येष्टि गरियो।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका