सुदूरपश्चिबाट भागेका १४ सय ५८ कैदीबन्दीमध्ये ६०८ जना पुनः जेल फर्किए 



धनगढी: जेन-जी आन्दोलनको गलत फाइदा उठाउदै अधिकांश विभिन्न कारागारबाट फरार भए। २०८२ भदौ २४ गते सडकमा आन्दोलन चर्किरहेको मौका छोपी सुदूरपश्चिमका विभिन्न कारागारबाट मात्र १४ सय ५८ को संख्यामा कैदीबन्दीहरु फरार भएका हुन।

यहाँका विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरुमध्ये सोमबारसम्म ६०८ जना कैदीबन्दी पुनः जेल फर्किएका छन्। जेन–जी आन्दोलनपछिको प्रदर्शनका क्रममा बाजुरा र अछाम बाहेकका ७ जिल्ला कारागारहरुबाट १४ सय ५८ कैदीबन्दी फरार भएका थिए।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार फर्किएकामध्ये कतिपय आफैं र कतिपयलाई नियन्त्रणमा लिएर फर्काइएको हो। भागेकामध्ये अझै ८५० जना फर्काउन बाँकी छ।

सम्बन्धित जिल्ला कारागार कार्यालयहरूले सार्वजनिक सूचना जारी गर्दै कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरेका छन्। साथै फरारहरूको खोजीका लागि प्रहरी टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।जिल्ला कारागार कञ्चनपुर र कैलालीबाट सो दिन पुरै जेलखाना नै रित्तो हुने गरि कैदीबन्दीहरू भागेका थिए।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका