बैतडी: बैतडीमा एक किशोरी मृत फेला परेकी छन्।जिल्लाको सुर्नया गाउँपालिका–५ न्वाघरकी १७ वर्षीया अप्सरा चन्द सुर्नया नदीमा मृत फेला परेकी हुन्।
सुर्नया गाउँपालिका-५ का अध्यक्ष केशवबहादुर बिष्टका अनुसार चन्दको शव नदीमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देब बडुले बताए। रौलेश्वर मावि रामकी बरायलमा कक्षा १२ मा अध्यनरत अप्सरा नदीमा मृत अवस्थामा फेला परेकी हुन।








प्रतिक्रिया दिनुहोस