बैतडीमा किशोरी मृत्यु प्रकरण: एकजना पक्राउ 



बैतडी: बैतडीमा एक किशोरी मृत अवस्था फेला परेकी छन्। जिल्लाको सुर्नया गाउँपालिका–५ नौघरकी १७ बर्षीया अप्सरा चन्द  मृत अवस्थामा फेला परेकी हुन। घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ।

यही बिचमा मृतकका आफन्तले आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएपछि एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देव बडूले बताए। 

अप्सरा बुधबार बिहान सुर्नया नदी किनारमा मृत फेला परेकी थिइन्। चार दिन अघि एक स्थानीय युवक र अप्सराको तस्बिर जोडेर फेसबुक आइडी बनाइएको थियो।

सामाजिक सञ्जालमा ‘अप्सरा भरत विश्वकर्मा’ नामको फेसबुक आइडी खोलेर स्थानीय भरत विक र अप्सराको तस्बिर एडीट गरी प्रोफाइल तस्बिर नै राखिएपछि बेइज्जतीको डरले यस्तो घटना भएको मृतक अप्सराका आफन्तले बताएका छन्।

फेसबुकमा अप्सराको फोटोसहित बनाइएको आइडी धेरै मानिससँग साझा गरिएको र त्यसपछि अप्सरा आत्महत्या गर्ने सम्मको अवस्थामा पुगेकी मृतकका जेठाबुवा बिरबहादुर चन्दले बताए। त्यसैले यो घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरेको उनले बताए।

अप्सरा मृत्यु प्रकरणमा अनुसन्धान गर्न प्रहरीमा किटानी जाहेरी दिएको चन्दले बताए। तर भरतले भने आफूले आइडी नखोलेको बताउँदै आएका छन्। भरत र अप्सरा रौलेश्वर मावि रामकी बरायलमा कक्षा १२ मा अध्ययनरत थिए।

घटना शंकास्पद भएपछि प्रहरीले बुधबार नै भरत विकलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बडूले बताए। विकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको उनले बताए।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका