महेन्द्रनगर: कञ्चनपुरमा एक परिवारमा हृदयविदारक घटना घटेको छ। एकैदिन बाबुछोराको निधन भएको यो हृदयविदारक घटना घटेको हो।
भीमदत्त नगरपालिका-११ गड्डाचौकीका राना परिवारका बाबुछोराको एकैदिन निधन भएको हो। उपचारार्थ रहेका बाबुछोराको निधन भएको जनाईएको छ।
भीमदत्त नगरपालिका-११ का वडाध्यक्ष प्रकाश थापाले दुवै बाबुछोरा बिरामी भएपछि नेपाल भारतका अस्पतालमा उपचारकै क्रममा निधन भएको बताए। मिर्गौला रोगबाट पीडित ६९ बर्षिया बाबु दानबहादुर राना र जण्डिस रोगबाट पीडित ४० बर्षिया विक्रम रानाको २४ घण्टाकै समयमा निधन भएको वडाध्यक्ष थापाले बताए।
बाबु दान बहादुरको धनगढी स्थित मायामेटो अस्पताल र छोरा विक्रमको भारतको बरेली गुडलाईफ अस्पतालमा मृत्यु भएको हो। शुक्रबार छोरा मरेको खबरले राना परिवार शोकमै डुबेका बेला त्यसको केही बेरमै बाबु मरेको खबरले राना परिवारमा संन्नटा छाएको छ।
शनिबार दिउँसो मृतक बाबुछोराको महाकाली नदीमा धार्मिक परम्परा अनुसार अन्त्येष्टी गरिएको छ। बृद्ध बाबु र युवा छोराको निधनले राना परिवारमा बज्रपात मच्चिएको छ। घटनाले सिङ्गो गाउँ नै शोकाकुल बनेको छ।








प्रतिक्रिया दिनुहोस