बैतडीमा अरिङ्गालको टोकाइबाट एक युवकको ज्यान गयो 



बैतडी: अरिङ्गालको टोकाइबाट बैतडीमा एक युवकको ज्यान गएको छ। जिल्लाको शिवनाथ गाउँपालिका–५ बिनपत्या घर भएका ४० बर्षीय लक्ष्मण दयालको अरिङ्गालको टोकाइबाट ज्यान गएको उनका आफन्त सुरतकुमार पार्कीले बताए। 

मकैको थुप्रो बनाउने काठ काट्न गएका बेला दयाललाई गएको भदौ २२ गते अरिङ्गालले टोकेको थियो। काठ काट्ने क्रममा दयाललाई अरिङ्गालले टोकेपछि उनी गम्भीर घाइते भएका थिए। 

भदौ २३ गते उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याएको थियो। अस्पतालमा उपचार सम्भव नभएपछि भदौ २७ गते उनलाई अस्पतालमा घर ल्याइएको पार्कीले बताए। 

अरिङ्गालको टोकाइबाट सिकिस्त भएका दयालको शनिबार मृत्यु भएको उनले बताए। मृतक दयालको घरमा श्रीमती, एक छोरा र एक छोरी छन्।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका