कैलाली जेलबाट भागेका ३५१ कैदीबन्दी सम्पर्कविहिन 



धनगढी: कैलाली जेलबाट भागेका ३५१ कैदीबन्दी सम्पर्कविहिन भएका छन्। जेन–जी आन्दोलनका क्रममा कैलाली कारागारबाट भागेकामध्ये ३१६ जना कैदी मात्र कारागार फर्किएका हुन।

३५१ जना कैदीबन्दी भने सम्पर्कविहीन भएको कैलाली कारागारका प्रमुख चिरञ्जीवी सापकोटाले बताए। उनका अनुसार त्यसमध्ये १७ जना भारतीय नागरिक हुन्। गत २४ भदौमा आन्दोलनकारी कारागार पुगेर तोडफोड गर्नुका साथै कैदीबन्दीलाई बाहिर निकालेका थिए।

कारागारभित्र आन्दोलनकारी प्रवेश गरेपछि कारागारको सुरक्षामा रहेका प्रहरी फिर्ता भएका थिए। ‘कारागारबाट निस्केका कैदीबन्दीमध्ये केही आफैँ आए, केहीलाई प्रहरीलाई पक्राउ गरेर ल्यायो,’ कारागार प्रमुख सापकोटाले भने, ‘यहाँबाट गएका ५–६ जना कैदीबन्दी अन्यत्रका कारागारको सम्पर्कमा आएको बुझिएको छ, तर औपचारिक जानकारी आएको छैन।’

कारागारबाट १८ जना भारतीय कैदीबन्दी भागेका थिए। भारतीय नागरिक एकजना कैदीबन्दी भने कारागार फर्किएको सापकोटाले बताए। फरार रहेका १७ जना भारतीयमध्ये अधिकांश लागुऔषध मुद्दाका छन्। केही भने कर्तव्य ज्यान मुद्दाका रहेको बताइएको छ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका