कैलालीमा हतियारसहित चार जना युवक पक्राउ 



अत्तरिया: कैलालीमा हतियारसहित चार जना युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीले दिएको जानकारी अनुसार चार जना युवक हतियारसहित पक्राउ परेका हुन्।

आज दिउँसो प्रहरी प्रधान कार्यालय अपराध माहाशखाबाट आएको सुचनाका आधारमा हतियारसहित चारजना युवकलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलाली इलाका प्रहरी कार्यालय मालाखेती र इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको सयुक्त प्रहरी टोलीले हतियार सहित चार जना युवकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रणबहादुर चन्दले बताए।

गौरीगंगा नगरपालिका-१ का १९ वर्षीय समीर खड्काको घरबाट पेस्तोल एक थान, म्यागजिन १ थान, राउण्ड थान-२८ र सोही स्थानका १९ वर्षीय आभाष चन्दको साथबाट रिभल्वल बीआएफ ५५८२ नम्बरको पेस्तोल १ थान बरामत गरी दुबै जना लाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

उक्त हातहतियार जेन-जी आन्दोलनको क्रममा काठमाण्डौ उपत्यका ट्राफीक प्रहरी  कार्यालय रामशाहापथ काठमाण्डौबाट लुटिएको  हो भनि खुल्न आएको प्रहरीले जनाएको छ।

साथै गौरीगंगा नगरपालिका-१ का २२ वर्षीय हिमाल आचार्य र सोही स्थानका २० वर्षीय जिबेश साप्कोटालाई पनि पक्राउ गरेर थप अनुसन्धान गर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी चन्दले बताए।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका