गौरीफन्टा नाकामा तालिम प्राप्त कुकुरसहित प्रहरी तैनाथ 



धनगढी: नेपाल-भारत सिमानाका गौरीफन्टामा तालिम प्राप्त कुकुरसहित प्रहरी तैनाथ भएको छ। बडा दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै तालिम प्राप्त कुकुर र प्रहरी सिमानाकामा तैनाथ गरिएको हो।

सिमानाकाबाट हुन सक्ने लागूऔषध, पटका, आतिशबाजी, लगायतका विभिन्न बिष्फोटक पदार्थको ओसार-पसारलाई नियन्त्रण गर्न बडा दशै, तिहार तथा छठ पर्व लक्षित सुरक्षा योजना अनुसार गौरीफन्टा भन्सारमा चेकजाँचमा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ।

हिजो साझ त्रिनगर भन्सारमा सुदुरपश्‍चिम प्रदेश प्रहरी कार्यालय धनगढी के-९ शाखासंगको समन्वयमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायव उपरीक्षक राजकुमार सिंहको कमाण्डमा १८ जना प्रहरी टोली खटिएर चेक जाँच गरिएको थियो।

५० वटा सवारीसाधन र २०० सयको संख्यामा विभिन्न व्यक्तिहरूलाई चेकजाँच गरिएको प्रहरीले जनाएको छ। चाडपर्वको अवसरमा सिमानाकामा तालिम प्राप्त कुकुरसहित प्रहरी परिचालन गरिएको हो।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका