अत्तरिया: कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित चार जना युवक पक्राउ परेका छन् । प्रहरीले लागुऔषधसहित चार जना युवकलाई पक्राउ गरेको हो । प्रतिबन्धित एम्पुल तथा सिरेन्जसहित कैलालीको बर्दगोरिया गाउँपालिका–४ स्थित मुडाबजार चोकबाट मङ्गलवार सोही गाउँपालिका–१ का ३४ वर्षीय अरुण बादीलाई १६० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको हो । उनलाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ ।
उता कञ्चनपुरको बेलौरी नगरपालिका–१ मटैयाबाट पनि दुई जना युवक लागुऔषधसहित पक्राउ परेका छन्। बेलौरी नगरपालिका–३ का २५ वर्षीय तेजबहादुर कार्की र भीमदत्त नगरपालिका–४ का २५ वर्षीय रोहित भट्ट लागुुऔषध र एउटा सिरिन्जसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरी चौकी फटैयाबाट खटिएको टोलीले नियन्त्रणमा ती युवकलाई नियन्त्रणमा लिएको हो।
भीमदत्त नगरपालिका–३ का ललित जोशीको कोठामा प्रहरीले खानतलासी गर्दा १.०६ ग्राम खैरोहेराेईन फेला परेको छ। उनलाई पनि जिल्ला प्रहरी कार्यालय कञ्चनथियोे । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
| 474 |








प्रतिक्रिया दिनुहोस