कञ्चनपुरमा जेन–जीको ताकेता: करारका कर्मचारी हटाउ 



महेन्द्रनगर: कञ्चनपुरमा जेन-जीले करारका कर्मचारी हटाउन दबाब दिन थालेका छन्। जिल्लाको बेलौरी नगरपालिकामा जेन-जी समुहका युवाले निरन्तर करारका कर्मचारी हटाउन ताकेता गरेका हुन। भदौ २४ गते कञ्चनपुरसहित देशभरका पालिका सहितका कार्यालय, वडा कार्यालय अन्य सरकारी तथा निजी सम्पत्तिमा भौतिक क्षति पुगाए पनि बेलौरीमा जेन–जीले शान्तिपूर्ण खबरदारी गरेका थिए। 

बुधबार पनि जेन–जी पक्षधर युवाहरुले टाउकोमा कालोपट्टी बाँधेर करारका कर्मचारी हटाउँदै पालिकामा हरेक कर्मचारी, तिनका शाखाले सामान खरिददेखि कमिसन खाने जस्ता संस्थागत भ्रष्टाचारमा लिप्त भएको भन्दै सुशासन कायमकोे माग अघि सार्दै आएका छन्।

जेन–जी समूहका अगुवा विष्णुदत्त अवस्थीले करारका कर्मचारी हटाउनुपर्नेदेखि संस्थागत भ्रष्टाचार रोकिनु पर्ने माग रहेको बताए। उनले करार कर्मचारीको सूची मागदेखि सुशासनको माग अघि सारेका छन्। 

तर, कर्मचारीले जेन–जी आन्दोेलनका कारण काम गर्ने वातावरण नभएको भन्दै स्वास्थ्यबाहेकका सेवा ठप्प पारेका छन्। बेनामी तथा हस्ताक्षर मात्रै भएको एक प्रेस विज्ञप्ती जारी गर्दै कर्मचारीमाथि लान्छाना लगाउने काम भएको भन्दै स्वास्थ्यबाहेकका सेवा ठप्प पारेको कर्मचारीहरुले घोषणा गरेका छन्।

एकातिर जेन–जी आन्दोलन अर्कातिर कर्मचारीले सेवा ठप्प पारेपछि सेवाग्राही मारमा परेका छन्। बेलौरी नगरपालिकाले जेन–जीले भनेजस्तो रिता चौधरी, राजकुमार चौधरीलगायतका कर्मचारी नै नभएको बताएका छन्। नगरपालिकाले गैरकानुनी रुपमा कर्मचारी भर्ना नगरिएकोदेखि भ्रष्टाचार नभएको दाबी गर्दै आएको छ।

प्रमुख प्रशासकीय अधिकृत रमेश बुढाथोकीले काम गर्ने वातावरण नहुँदा सेवा ठप्प पारेको बताए। कार्यपालिका बैठकबाट पारित निर्णयमा आफुले केही गर्न नसक्ने र उनीहरूको माग कार्यपालिकाबाट मात्रै पूरा हुने बताए।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका