डडेल्धुराको एक निर्माण कम्पनी सरकारको कालोसूचीमा 



अत्तरिया: सरकारले डडेल्धुराको एक  निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले डडेल्धुराको श्री पूर्णागिरी निर्माण सेवा अमरगढी नगरपालिका-८ को निर्माण कम्पनीलाई कालो सूचीमा राखेको हो।

कालोसूचीमा परेको कम्पनीले सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैन्। भागेश्वर गाउँपालिकाले सो निर्माण कम्पनीलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लिखित पठाएको थियो।

सो निर्माण कम्पनीका सञ्चालक डम्बरबहादुर गैराल हुन। उक्त निर्माण कम्पनीलाई एक वर्ष ६ महिनाका लागि कालो सूचीमा राखिएको छ।

कार्यालयले आज एक सूचना जारी गर्दै असोज ८ गतेको निर्णय अनुसार सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी कालोसूचीमा राखिएका निर्माण कम्पनीको सूची सार्वजनिक गरेको हो। 

कालोसूचीमा परेको निर्माण  कम्पनीले सार्वजनिक निकायहरूबाट कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने व्यवस्था गरिएको छ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका