धनगढीः कैलालीको गोदावरी नगरपालिका-४ चुनेपानीमा एक जना साधुको हत्या भएको दाबी गरिएको छ। चुनेपानी स्थित लक्ष्मीनारायण मन्दिरको बगैँचामा रहेको कुटीमा बस्दै आएका भगत रामनारायण डगौराको हत्या भएको दाबी गरिएको हो।
बुधवार राति साधु डगौराको हत्या भएको प्रहरीले जनाएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी ठेगाना भएका ७८ वर्षीय साधु डगौराको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरिएको प्रारम्भीक अनुसन्धानमा खुलेको कैलाली प्रहरीले जनाएको छ।
मृतक डगौराको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या भएको विवरणसहितको जाहेरी प्रहरीमा दर्ता भएको छ। लक्ष्मीनारायण मन्दिरका तर्फबाट जाहेरी दर्ता भएको हो।
मृतक भगत डगौरा १६ वर्षदेखि चुनेपानीस्थित लक्ष्मीनाराण मन्दिरको कुटी बनाएर बस्दै आएका थिए। मलाखेती प्रहरीले साधु मृत्यु प्रकरणमा शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको छ।








प्रतिक्रिया दिनुहोस