कैलालीको अत्तरियाबाट चन्द बेपत्ता, तीन जना पक्राउ 



अत्तरिया: कैलालीको अत्तरियाबाट बिरेन्द्र चन्द बेपत्ता भएका छन्। बुधवार राति धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका चन्द अत्तरियाबाट सम्पर्कविहिन भएका  हुन। चन्दसँगै खाजा खाएको भनिएका तीन जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता राजकुमार सिंहले गोदावरीका विनोद शाह, गोविन्द शाक्य र भरत बोहरालाई नियन्त्रणमा लिइएको बताए।

उनका अनुसार चारै जना राति सङ्गै थिए, तर चन्द उनीहरूसङ्गै भएको बेला सम्पर्कविहिन भएको तथ्य खुलेपछि अनुसन्धानका लागि शाह, बोहरा र शाक्यलाई नियन्त्रणमा लिएको बताए। चन्द घर नआएपछि उनको परिवारले प्रहरीमा जाहेरी दिएका थिए।

चन्दको अवस्था अज्ञात छ। उनको खोजी भइरहेको प्रहरीले बताएको छ। चारैजना साथी रहेको र घटनाबारे सोधपुछ गर्न तीन जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको प्रहरीले जनाएको छ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका