धनगढी: कैलालीको धनगढी बसपार्कमा तालिमप्राप्त कुकुरबाट चेकजाँच गर्न थालिएको छ। धनगढी बसपार्कमा तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन गरिएको छ।
चाडपर्वको समयमा कुनै अपराधिक गतिविधि कहिकतैबाट नहोस भनेर तालिमप्राप्त कुकुरसहित परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
धनगढी बसपार्कमा तालिमप्राप्त के-९ कुकुरबाट यतिबेला चेकजाँच गर्ने काम भइरहेको छ। बडा दशै, तिहार तथा छठ पर्व लक्षित सुरक्षा योजना अनुसार धनगढी उपमहानगरपालिका-४ स्थित बसपार्कमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी के-९ कुकुर शाखासंगको समन्वयमा चेकजाँच गर्ने काम भइरहेको हाे।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी निरीक्षक दिपकबहादुर धामीको कमाण्डमा खटिएको १८ जना प्रहरी टोलीले ४० वटा सवारीसाधन र २५० जना विभिन्न व्यक्तिहरूलाई चेकजाँच गरिएको छ।








प्रतिक्रिया दिनुहोस