धनगढी: सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट ११ लाख मूल्यका १६ थान कम्प्युटर गायब गरिएको छ। २०८० भदौ २४ गते भएको जेन-जीको आन्दोलनका क्रममा १६ थान कम्प्युटर गायब भएको प्रतिवेदनले देखाएको छ। ११ लाख १५ हजार मूल्य पर्ने १६ थान कम्प्युटर मुख्यमन्त्री कार्यालयबाट गायब भएको पाइएको हो।
मुख्यमन्त्री कार्यालयमा मात्र ६ करोड ५० लाख मूल्यको ७ वटा जिप जलेको प्रतिवेदनमा उल्लेख छ। यस्तै, २५ लाख मूल्यको १३ थान मोटरसाइकल, एक लाख ९१ हजार पाँच सय मूल्यको तीन थान स्कुटर, ७७ हजार ९७० मूल्यको तीन थान गलैंचा र ३४ हजार ३५० मूल्यको दुई थान गिजर जलेर नष्ट भएको हो।
यस्तै १० लाख मूल्यको विभिन्न विद्युतीय उपकरण जलेको छ भने एक लाख ३७ हजार १६५ रुपैयाँको स्ट्याण्ड फ्यान, २४ हजार ४६० रुपैयाँको ओभन, ३२ हजार २०५ मूल्य पर्ने किचन फ्यान तथा २८ हजार २५० मूल्यको वाटर फिल्टर जलेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।
जेन-जी आन्दोलनमा १२ लाख ७७ हजार मूल्यको १७ थान कम्प्युटर जलेको छ। यस्तै, ६ लाख ६१ हजार ७२८ मूल्यको ८ थान कम्प्युटरमा तोडफोड गरिएको छ।
६ लाख ३३ हजार ४७४ मूल्यको ६ थान टेलिभिजनमा तोडफोड, ३ लाख ३० हजार ९९२ मूल्यको ८ थान टेलिभिजन ध्वत भएको छ भने २ लाख ६९ हजार ५०५ मूल्यको टेलिभिजन हराएको प्रतिवेदनमा उल्लेख गरेको छ।
मुख्यमन्त्री कार्यालयले ४ लाख ३८ हजार ४९९ मूल्यको डिजिटल क्यामेरा हराएको जनाएको छ। यस्तै ८० हजार ७९५ मूल्यको सिसिटिभी क्यामेरा जलेर नष्ट भएको छ। साथै २ लाख १४ हजार ५ सय मूल्यको ४ थान मोबाइलसमेत हराएको छ।
मन्त्रालयबाट एक लाख ४४ हजार ५८० मूल्यको ८ थान प्रिन्टर हराएको छ भने ६ लाख ८२ हजार ६४१ मूल्यको १७ थान प्रिन्टर जलेको छ। यस्तै ५ लाख ३२ हजार ४४२ मूल्यको १५ थान प्रिन्टरमा तोडफोड भएको छ।
मुख्यमन्त्री कार्यालय बाहिर राखिएको ६ लाख ८३ हजार ८५ रुपैयाँको डिजिटल डिस्प्ले बोर्डमा तोडफोड, एक लाख ८१ हजार ३०५ मूल्यको दुई थान प्रोजेक्टर तथा एक लाख ८१ हजार ३०५ मूल्यको अन्य कम्प्युटर उपकरमा क्षति पुगेको छ।
आगजनीमा परेर मुख्यमन्त्री कार्यालयको एक लाख १३ हजार ९२४ मूल्यको ९ थान साइकल जलेर नष्ट भएको प्रतिवेदनमा उल्लेख छ। यसैगरी दुई लाख ५४ हजार ८ सय मूल्यको २६ थान युपिएसमध्ये १८ थान जलेर नष्ट भएको छ भने ८ थानमा तोडफोड गरिएको छ। दुई थान जेनेरेटरमध्ये मूल्य नखुलेको एकमा तोडफोड भएको छ भने २० लाख ११ हजार ९९९ मूल्यको जेनेरेटर जलेर ध्वस्त भएको छ।
आन्दोलनकारीले आगो लगाउँदा दुई लाख ८९ हजार २ सय मूल्यको चार थान एक्जुकेटिभ चेयर ध्वस्त भएको छ भने एक लाख २९ हजार मूल्यको भिजिटर चियर ६ थान, दुई लाख ५९ हजार ४७० मूल्यको किचन र्याक चार थान, एक लाख ६३ हजार १६० मूल्यको ७ थान क्याबिनेट काउन्टर, चार लाख ६३ हजार ६६५ मूल्यको २३ थान पलङ, ८ लाख ४ हजार २०७ मूल्यको ४३ थान घुम्ने कुर्सी र ११ थान स्टिल दराज जलेर नष्ट भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।
मुख्यमन्त्री कार्यालयको १७ थान सोफा जलेर नष्ट हुँदा १४ थानमा तोडफोड गरिएको छ। सोफा मात्रै २० लाख ८१ हजार मूल्यको नष्ट भएको छ। यस्तै, २५ लाख ३८ हजार ५२ रुपैयाँको २७ थान एसी पूर्ण रुपमा ध्वस्त छन् भने ७ लाख ९५ हजार ४३० मूल्यको ५ थान एसीमा तोडफोड गरिएको छ। मुख्यमन्त्री कार्यालयबाट ३१ लाख ८४ हजार ३५९ मूल्यको ३३ थान ल्यापटप हराएको छन् भने ८३ हजार ६२० रुपैयाँको एक थान ल्यापटपमा तोडफोड गरिएको प्रतिवेदनमा उल्लेख छ।
मुख्यमन्त्री कार्यालयको कुर्सी, टेबल, इस्टुल, बुक सेल्फ,बुक केस, जुत्ता राख्ने र्याक, सिलिङ पङ्खा, घाँस काट्ने मसिन, प्रेसर वासर मसिन, पम्प, फ्रीज, वासिङ मसिन, कुलर, इन्भर्टर लगायतका उपकरण र सामान जलेर नष्ट भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ। मुख्यमन्त्री कार्यालयको मात्र ९ करोड ७४ लाख ५१ हजार ४१२ मुल्यकाे सामान क्षति भएको पाइएको छ।








प्रतिक्रिया दिनुहोस