अत्तरिया: टिकटकर आचल नाथको दु:खद निधन भएको छ। टिकटकर आचलमाथि अज्ञात समुहले आक्रमण गरेको थियोे। आक्रमणबाट गम्भीर घाइते उनको उपचारका क्रममा दु:खद निधन भएको हो।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणि घर भएकी टिकटकर नाथमाथि अज्ञात समुहले आक्रमण गरेको थियो। काठमाडौं बस्दै आएकी कलाकारसमेत रहेकी नाथमाथि पेट्रोल छर्की आगो लगाई ज्यान मार्ने प्रयास गरिएको थियोे।
अज्ञात समूहले आगो लगाएर जलाउन खोजेपछि घाइते भएकी नाथलाई उपचारका लागि अस्पताल पुगाइएको थियोे। तर काठमाडौंस्थित केएमसी अस्पतालमा उनको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
टिकटकर नाथलाई आक्रमण गर्ने समूहको पहिचान भने अझै हुन सकेको छैन। उनको दुःखद निधनले यतिबेला सामाजिक सञ्जाल फेसबुक र टिकटक लगायतका वालहरु भरिएका छन्। नाथको कहिल्यै उमेरमा भएको दुखद निधनप्रति धेरैले दुःख व्यक्त गरिरहेका छन्।








प्रतिक्रिया दिनुहोस