धनगढीमा भेटियो बालिकाको शव 



धनगढी: कैलालीको धनगढीमा एक बालिकाको शव शंकास्पद अवस्थामा फेला परेको छ। धनगढी उपमहानगरपालिका–३, चटकपुरकी ११ वर्षीया सुमित्रा राना बिहीवार साँझदेखि बेपत्ता भएकी थिइन्। उनको शव शुक्रबार दिउँसो मोहना नदीमा भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बिहीवार साँझ करिब ४ बजेतिर हराएकी सुमित्राको खोजी गरिदिन भन्दै परिवारले शुक्रवार बिहान १० बजेतिर प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार प्रहरीले जानकारी पाए लगत्तै खोजी कार्य सुरु गरिएको थियो। त्यसपछि केही समयमा बालिकाको शव फेला परेको हो।

प्रहरीका अनुसार बालिकाको शव नदीमा डुबेको अवस्थामा थियो भने उनको कपडा र चप्पल घटनास्थलबाट करिब २ सय मिटर पर भेटिएको थियो।

शव निर्वस्त्र अवस्थामा भेटिएकाले घटना रहस्यमय भएको बताइएको छ। प्रहरीले शव पोष्टमार्टमका लागि पठाएको र रिपोर्ट आएपछि मृत्युको कारणबारे थप तथ्य खुल्ने जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका