गौरीफन्टा र गड्डाचौकी नाकामा दशैं मनाउन घर फर्किनेको भिड 



अत्तरिया: यतिबेला सिमानाका कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकामा दसैंका लागि घर फर्किने नेपालीको भिडभाड बढेको छ। भारतका विभिन्न ठाउँबाट नेपालीहरु घर फर्किरहेका छन्। पिँठ्युमा भारी बोक्दै कतिपय नाकामा पैदलै हिँडेर आउँछन् त कतिपय गाडीमार्फत।

‘घर परिवारसँगै दसैं मनाउन आएका हौं,’ बागेश्वरबाट घर फर्किन लागेका सुर्खेतका दिवस फौंजाले भने, ‘यो त हाम्रो परम्पराजस्तै हो, दसैंमा सधैं घर फर्किन्छौं।’ उनी पनि बागेश्वरमा विभिन्न किसिमका निमाण कार्यमा ज्याला मजदुरी गर्छन्। उनका भाइ चित्रबहादुर सहितको परिवार बागेश्वरमै काम गर्छ। अहिले दसैं मनाउन सबै सँगै फर्किएका हुन्।

नवरात्र सुरु भएपछि नाकामा घर फर्किनेको चाप अझै बढेको छ। केही दिनयता भारतबाट गड्डाचौकी नाका भएर दैनिक एक हजार हाराहारी नेपाली कामदार फर्किरहेका छन्। सोही सङ्ख्यामा गौरीफण्टा नाकाबाट पनि फर्कनेको संख्या बढेको छ। असाररसाउनमा रोपाइँ सकेर रोजगारीका लागि उत्तराखण्ड र हिमाञ्चलतिर प्रवेश गर्दा पनि यस्तै भिडभाड देखिन्थ्यो। अहिले फर्किनेमा पनि तिनै बढी छन्।

नाकामा घर फर्किनेहरुका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको छ। तर यात्रुहरु भने नेपाल र भारत दुवैतर्फका यातायात व्यवसायीबाट ठगिने गरेका छन्। बढी भाडा लिने, सानोतिनो सामानको पनि भाडा लिने तथा बीच बाटोमा छाडने लगायतका समस्या हुने गरेको उनीहरु बताउँछन्।

गड्डाचौकीदेखि महेन्द्रनगरसम्मको भाडा ५० रुपैयाँ भए पनि अटो व्यवसायीहरुले सयरदुई सय र चाररपाँच सयसम्म लिने गरेको पाइन्छ। सुरक्षाकर्मीकै अगाडी खुलेआम यात्रुहरु दोब्बर भाडा तिर्न बाध्य भएका छन्। यता सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रेमबहादुर शाहीले बढी भाडा लिने गरेको पाइएमा कारबाही गरिने बताउँदै आएका छन्। उनले चाडपर्वको समयमा कसैले बढी भाडा लिएको गुनासो आएमा यस्ता चालकलाई कारबाही गरिने समेत बताए।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका