दशैंको मुखमा गौरीफन्टा नाका भएर भारत पस्नेको सङ्ख्या बढ्यो 



धनगढी: दशैंको मुखमा गौरीफन्टा नाका भएर भारत पस्नेको सङ्ख्या बढेको छ। सुदूरपश्चिमको प्रमुख नाका गौरीफन्टाबाट नाका भएर भारतका विभिन्न सहर पस्नेको सङ्ख्या बढेको हो। चाडबाडको बेला कामको खोजीमा देश छोड्नेको संख्या बढेको छ।

त्रिनगरस्थित सशस्त्र प्रहरी बल नेपालको ‘बोर्डर आउट पोस्ट’का अनुसार यतिबेला दैनिक तीन हजारभन्दा बढी नेपाली भारतबाट स्वदेश फर्किरहेका छन् भने देश छोडेर भारत जानेको संख्या पनि यतिबेला दैनिक एक हजारभन्दा माथि छन्।

त्रिनगरस्थित बीओपीका अनुसार पछिल्लो तीन दिनमा करिब ४ हजार जनाभन्दा बढी नेपाली त्रिगर सीमा नाका हुँदै भारत गएका छन्। बीओपी प्रमुख डीएसपी धिरेन्द्र शाहका अनुसार यहाँबाट सरदर दैनिक एक हजार तीन सयभन्दा बढीको संख्यामा भारतका विभिन्न सहरतर्फ गइरहेका छन्। यसपालि दसैं–तिहार र छठको मुखैमा भारत जानेको संख्या विगतको तुलनामा धेरै भएको सीमा सुरक्षाकर्मीहरूले बताए।

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका अनुसार पोहोर घटस्थापनाको दिनदेखि दसैंको टीकासम्म भारत जानेको संख्या सरदर दैनिक साढे दुई सय जना मात्रै थियो। तर यस वर्ष गत बुधबार १ हजार १ सय जनाभन्दा बढी र मंगलबार एकै दिन १ हजार ५ सय जना नेपालीले सीमापार गरेका छन्।

सुदूरपश्चिमका विभिन्न जिल्लाबाट धनगढी हुँदै गौरीफन्टा नाका भएर दैनिक ठूलो संख्यामा भारतका विभिन्न सहरतर्फ रोजगारी खोज्न हिँडिरहेका छन्। दसैंमा छुट्टी नपाएर घर आउन नसकेकाहरूले पनि यतिबेला बालबच्चा र घरपरिवारलाई उतै बोलाइरहेका छन्। भारतका सहरतर्फ जाँदै गरेका बालबच्चाको संख्या पनि उल्लेख्य छ।

त्रिनगर सीमानाका भएर कामको खोजीमा भारतका विभिन्न सहर हरियाणा, दिल्ली, बैंग्लोर, महाराष्ट्र, पुना, पञ्जाब, सिम्ला, जम्मु, लखनउ, आसाम, राजस्थान, गुजरात, तामिलनाडु, सुरतलगायत मुख्य सहरतर्फ जाने गरेको ती सहरका लागि यातायात सेवा सञ्चालन गर्दै आएको धनगढीस्थित केदार यातायात सेवामा कार्यरत कवि थापा बताए।

यतिबेला नेपाली र भारतीय सुरक्षाकर्मीको चेकिङको लाइनमा बसेका अधिकांशको अनुहार मलिन देखिन्छ। दसैंको मुखमा परिवारबाट बिछोडिनु परेको पीडा एकातिर छ भने अर्कोतिर हालैको जेन–जी आन्दोलनपछि नेपालमा भएको सत्तापलटपछि सीमा क्षेत्र भएर आवतजावत गर्नेलाई नेपाली र भारतीय दुवै सुरक्षाकर्मीले कडा जाँच गरिरहेका छन्।

आन्दोलनका क्रममा कैदीबन्दीहरू भागेकाले पनि दुवैतर्फका सुरक्षा निकायले सुरक्षा चुनौती मानेका छन्। सशस्त्र प्रहरीले कैदीबन्दीको विवरण राखेको छ। सरकारी कागजात हेरेर मात्रै जान दिने गरेको छ। भारतीय सुरक्षाकर्मीले पनि कडीकडाउ गरेका छन्। कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी सीमानाका भारत ओहोरदोहार गर्ने मुख्य नाकाहरू हुन्।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका