गोदावरी, गौरीगंगा र घोडाघोडी नगरपालिकामा कति भयो क्षति? 



अत्तरिया: भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा कैलालीका तीनवटा नगरपालिकामा भएको क्षतिको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ। जिल्लाको गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका र घोडाघोडी नगरपालिकामा भएको तोडफोड र आगजनीपछि भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरिएको हो।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका तीनवटै नगरपालिकाको अनुगमन तथा निरिक्षण गरेका छन्।

आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको गोदावरी नगरपालिकामा ९ करोड ५४ लाख २६ हजार ५ रुपैंया, गौरीगंगा नगरपालिकामा ७ करोड १२ लाख २३ हजार ५ सय रुपैंया र घोडाघोडी नगरपालिकामा ८ करोड ५० लाख २५ हजार ७२९ रुपैंया बराबरको क्षति भएको पाइएको छ। 

अनुगमन तथा निरिक्षणका क्रममा मुख्यमन्त्री शाहले आन्दोलनबाट भौतिक संरचनामा भएको क्षतिबाट नआत्तिएर सबै एकजुट भई अगाडी बढ्नुपर्ने बताए। “विषम परिस्थितिमा पनि जनतालाई हामीले सेवा प्रवाह गर्नुपर्दछ,” मुख्यमन्त्री शाहले भने, “पालिकाहरुले सेवा प्रवाह गरिरहनुभएको छ, धन्यवाद।”

भौतिक संरचना निर्माण तथा प्रदेशलाई मितव्ययी बनाउन सुदूरपश्चिम प्रदेश सरकारले १० लाखभन्दा साना आयोजना कटौती तथा बैठक भत्ता, बिभिन्न किसिमका छपाई र सेमिनार गोष्ठिमा खर्च कटौती गरेको बताए। सुदूरपश्चिम सरकारले अन्य प्रदेशभन्दा अगाडी खर्च कटौती गरेको दाबीसमेत गरे।

यसैगरी मुख्यमन्त्री शाहले लम्कीचुहा–७ हरैयापुरमा अण्डा उत्पादन गरिरहेको एक पोल्ट्री फर्ममा पनि अनुगमन गरेका छन्। विद्युत आपूर्ति कम हुँदा उक्त पोल्ट्री फर्मका १२ हजार कुखुरा मरेका र जसबाट करौडको क्षति भएको पीडित दुर्गा बोहराले बताए।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका