अत्तरिया: कैलालीमा ज्यान मार्ने मुद्दाका फरार कैदी २१ वर्षपछि पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–४ का छत्रबहादुर रावललाई फरार भएको लामोसमयपछि पक्राउ परेका हुन।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख रमेशदत्त अवस्थीले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट जन्मकैद र उच्च अदालतबाट १० वर्ष कैद सजाय पाई कारागार कार्यालय कैलालीमा कैद भुक्तान गरिरहेको अवस्थामा २०६१ सालमा रावल फरार भएको बताए।
तत्कालीन माओवादीले कारागारमा आक्रमण गर्दा फरार भएका रावललाई २०६६ सालमा सर्वोच्च अदालतले १० वर्ष कैद सजाए गरेको थियो।
फरार रावललाई भदौ ११ गते माघी गाउँबाट पक्राउ गरिएको हो। आइतवार रावललाई जिल्ला कारागार कार्यालय कैलाली पठाएको छ।








प्रतिक्रिया दिनुहोस