अत्तरिया: नेपालीहरूको मुख्य चाड दशैं मनाउन विशेषगरी कैलाली र कञ्चनपुरका बजार क्षेत्र छाड्ने क्रम जारी छ। केहीदिनदेखि धनगढी, अत्तरिया, टीकापुर तथा महेन्द्रनगरबाट पहाड जाने क्रम आइतबार र सोमबार बिहानैबाट झनै बढेको हो।
यतिबेला अत्तरिया हुँदै मानिसहरू सुदूर पहाड जानेको संख्या निकै बढेको छ। विभिन्न पेशा–व्यवसाय गरेर बस्नेहरू दसैँ मनाउनका लागि गाउँ फर्किँदै गर्दा विभिन्न स्थानबाट गाडी चढ्नेहरूको लर्को देखिन्छ।
आजदेखि दशैंको बिदा पनि सुरु भएको छ। आज फूलपाति बिहानैबाट विभिन्न बस काउन्टर तथा चोकहरूमा मानिसहरू बाक्लो संख्यामा देखिएका छन्।
यतिबेला दशैं मनाउन कामका लागि भारतका विभिन्न सहर पुगेकाहरूको पनि सिमानाकामा निकै ठुलो भिड देखिएको छ।
विशेषगरी गौरीफण्टा र गड्डाचौकी नाकाबाट स्वदेश फर्किनेको संख्या बढेको छ। यतिबेला यहाँका बसपार्कमा पनि सुदूर पहाड जान टिकट लिनेको संख्या उल्लेख्य रूपमा बढीको छ।








प्रतिक्रिया दिनुहोस