बैतडी: बैतडीमा बसको ठक्करबाट जात्रा हेरेर घर फर्किंदै गरेकी एक महिलाको मृत्यु भएको छ।
जिल्लाको दशरथचन्द राजमार्गअन्तर्गत दशरथचन्द नगरपालिका–१ गुरुखोला विद्यालय गेटनजिक महाकाली यातायातको सुदूरपश्चिम प्रदेश ०२००१ ख १०१७ नम्बरको बसले ठक्कर दिँदा दशरथचन्द नगरपालिका–१ गुरुखोलाकै अन्दाजी ३४ वर्षीया भागरथी लुहारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दीपक रायले बताए।
देहिमाण्डौं मेला हेरी घर फर्किंदै गरेकी महिलालाई सतबाँजबाट देहिमाण्डौ जाँदै गरेको बसले ठक्कर दिएको हो। ‘ठक्कर दिने बसलाई नियन्त्रणमा लिइसकेका छौं,’ उनले भने, ‘बस चालक पनि सम्पर्कमा आइसकेको छ।’
घटनाको विरोधमा स्थानीयले चक्काजाम गरेका छन्। पीडित पक्षसँग छलफल गरी राजमार्ग खुलाउने प्रयास भइरहेको डीएसपी रायले बताए।








प्रतिक्रिया दिनुहोस