बैतडीः निङ्गलाशैनी भगवती मन्दिर बैतडीमा ४ सय पशुको बलि दिइएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवती मन्दिरमा मंगलबार लागेको जात्रामा २६० रागाँ र १ सय ५० बोकाको बलि दिइएको हो।
निङ्गलाशैनीमा घटस्थापनाका दिनदेखि नित्य पूजा हुँदै आएको मन्दिरमा हिजोदेखि जात्रा शुरु भइ आज महाष्टमीका दिन बलिसहित जात्रा समापन भएको मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए।
निङ्गलाशैनी भगवती मन्दिरमा महासप्तमीका दिन बलिका लागि राँगा बाँध्ने र महाष्टमीका दिन राँगाको बलि दिने प्रचलन छ। हरेक बर्ष शरदीय नवरात्रको महासप्तमी र महाष्टमीको दिन निङ्गलाशैनी भगवती मन्दिरमा ठूलो जात्रा लाग्ने गर्दछ।








प्रतिक्रिया दिनुहोस