अत्तरिया: कैलालीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार राति धनगढी–अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी र गोदावरीको सीमामा सुपप्र ०१–०११ प ४४७३ नम्बरको स्कुटर दुर्घटना भएको हो।
दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका स्थायी घर भएर धनगढी उपमहानगरपालिका–१ शिवनगर बस्दै आएका २४ वर्षीय प्रान्जल बमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बम पुर्चौडी नगरपालिकाका मेयर दिपकबहादुर बमका छोरा हुन्।स्कुटर चालक रहेका बम गम्भीर घाइते भई उपचारका लागि मायामेट्रो अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो।
सोही स्कुटरमा पछाडि सवार २६ वर्षीय सरोज बम घाइते भएका छन्। उनको मायामेट्रो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस