कञ्चनपुरमा भारतीय पक्षको अवरोधले हुलाकी सडक निर्माणको काम अलपत्र 



महेन्द्रनगर: कञ्चनपुरमा भारतीय पक्षको अवरोधले हुलाकी सडक निर्माणको काम अलपत्र परेको छ।

जिल्लाको बेलौरी नगरपालिकाले भारतीय पक्षबाट अवरोध भएको हुलाकी सडक निर्माणमा पहल गर्न केन्द्र सरकारलाई अनुरोध गरेको छ। ७ वर्षदेखि भारतीय सीमा सुरक्षा बलले बेलौरी– ८, पचुई क्षेत्रमा हुलाकी सडक कालोपत्र गर्न नदिएपछि स्थानीय सरकारले केन्द्र सरकार गुहारेकोे हो।

२०७५ सालयता एसएसबीले पटकपटक अवरोध गर्दा बेलौरी नगरका मेयर पोतीलाल चौधरीसहितको नगर टोलीले सडक निर्माणमा समन्वय गर्न आग्रह गरेको थियो। तर, भारतीय पक्षले अन्तर्राष्ट्रिय मामिला भएकोले दुवै देशका केन्द्र सरकारले टुंग्याउने भन्दै अवरोध गर्दै आएको छ। ९ वर्षअघि ठेक्का भएको उक्त सडक एसएसबीको अवरोधका कारण झनै बिग्रिएको छ।

३८ नम्बर सीमा पिलरदेखि पूर्वतिर १२ सय मिटरमा भारतीय पक्षले स्ट्रिप नक्सा देखाएर अवरोध गर्दै आएपछि स्थानीय जेन–जीले पालिकाको ध्यानाकर्षण गराएका थिए। लगत्तै बेलौरी नगरप्रमुख पोतीलाल चौधरीले भारतीय पक्षबाट अवरोध गरिएको हुलाकी सडकको काम अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरेका हुन्।

एसएसबीले अवरोध  गरेको सडकको दक्षिणतर्फ ५० देखि तीन सय मिटरसम्म नेपाली दर्तावाला जमिन भए पनि भारतीय पक्षले सडक निर्माणमा अवरोध गरेकाले पहल गरिदिन सरकारलाई आग्रह गरिएको छ। एसएसबीसहित प्रशासकहरूले फिल्मी शैलीमा आएर ठेकेदार बाबाहंश सिद्धिशाही जेभी निर्माण कम्पनीलाई काम गर्न अवरोध गरेपछि सडक सुधारको साटो झन् बिग्रिएको छ।

सुदूरपश्चिमबाट सांसद, मन्त्री, परराष्ट्रमन्त्री, प्रधानमन्त्री हुँदा पनि नेपाली भूमिमै निर्माण हुने सडक भारतीय पक्षबाट अवरोध हुँदासमेत पहल नभएकोे भन्दै स्थानीयले गुनासो पोख्दै आएका छन्।

बेलौरी नगरपालिकाले  भारतीय पक्षबाट अवरोध गरिएको सडक मात्र नभई अन्यतर्फ पनि निर्माण कम्पनीले सडक बनाउन आनाकानी गरेपछि ठेकेदार कम्पनीलाई ताकेता गरिदिन पनि आग्रह गरेको छ। 

स्वच्छ वातावरणको मौलिक हकबाटै नागरिकलाई वञ्चित हुने गरेर निर्माण कम्पनीले रिछाह, रतनपुर, कलकतासहितका क्षेत्रमा सडक निर्माण नगर्दा धुलोको कारण स्थानीय  जोखिममा पर्दै आएका छन्। यस्तै, नगरपालिकाले बजार क्षेत्रमा ढल प्रयोजनको जिम्मा पाएको मृत सञ्जीवनी ग्वाला थेगिम निर्माण सेवाले समेत ढिलाई गरेको भन्दै कारबाही अघि बढाउन आग्रह गरिएको छ। नगरपालिकाले नगरपालिकाभरि पालिका, प्रदेश र संघीय सरकारमार्फत सञ्चालनमा रहेका योजना समयमै गुणस्तरीय कार्यान्वयनमा जोड दिएको छ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका