धनगढी: कैलालीको धनगढीमा यात्रुवाहक बस दुर्घटना भएको छ। धनगढीदेखि पोखरा जादै गरेको बस दुर्घटना भएको हो। धनगढीदेखि पोखराका लागि छुटेको ग २ ख १९०७ नम्बरको बस धनगढीस्थित ब्यारेक चोकमा दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार घाइतेमध्ये ४ जनाको माया मेट्रो अस्पता, २ जनाको निसर्ग अस्पताल र १ जनाको नवजीवन अस्पतालमा उपचार भइरहेको छ।
१९ जना सवार उक्त बसमा ७ जना घाइतेको मात्र जानकारी आएको र अन्यको विवरण खुल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ। अहिले थप विवरण संकलन गर्ने काम भइरहेको छ। घटनाको विस्तृत विवरण आउन बाकी नै छ।








प्रतिक्रिया दिनुहोस