जेन–जी आन्दोलनका क्रममा भएको क्षतिको यस्तो छ विवरण 



अत्तरियाः सुदूरपश्चिम प्रदेशमा जेन–जी आन्दोलनका क्रममा यहाँको मुख्यमन्त्री कार्यालयदेखि विषयगत मन्त्रालय जोडफोड र आगजनीबाट ध्वस्त भएका छन्। भदौ २४ गते भएको आन्दोलनका क्रममा भौतिक संरचनादेखि सरकारी सवारीसाधन ठुलो संख्या जलेर ध्वस्त भएका छन्।

सबैभन्दा बढी क्षति मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र प्रदेशसभा सचिवालयमा भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सबै सवारीसाधन जलाइएका छन्। मुख्यमन्त्रीले चढ्ने साढे दुई करोडका गाडीसहितका ७ वटा जिप जलेका छन्। १३ वटा सरकारी मोटरसाइकल खरानी गरिएको छ। मुख्यमन्त्रीको कार्यकक्ष, क्याबिनेट बस्ने हलसहितका अधिकांश संरचना जलेर ध्वस्त भएका छन्। तीनतले भवनको अधिकांश स्थानमा प्लास्टर नै चर्किएपछि भवनको मर्मतपछि मात्रै बस्न मिल्ने देखिएको छ। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कुनै पनि ल्यापटप, कम्प्युटर, सोफा, एसी सही अवस्थामा छैनन्। सबै जलेर ध्वस्त भएपछि केही सामान किनेर काम सुरु गरिएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। प्रदेश सरकारसँग तीनवटा महँगा गाडी थिए।

मुख्यमन्त्रीले चढ्ने गाडी, भौतिक पूर्वाधारमन्त्रीले चढ्ने गाडीहरू आन्दोलनका क्रममा जलेर ध्वस्त भएका छन्। प्रदेशसभा भवनभित्रका कुर्सी, माइक, क्यामेरा, प्रत्यक्ष प्रसारणका लागि राखिएका ४ वटा भिडियो क्यामेरालगायतका उपकरणहरू जलेर ध्वस्त भएका छन्। संसदीय समिति, दलका कार्यालयहरू पनि जलेर ध्वस्त भएपछि प्रदेशसभा सचिवालय सुनसान देखिएको छ।

प्रदेशसभाका पनि ७ वटा गाडी आन्दोलनकारीले जलाएपछि सभामुख पनि साधनविहीन भएका छन्। प्रदेशसभामा रहेको मिनीबस पनि जलाइएको छ। प्रदेशसभाको साउन्डसिस्टम पूरै जलेर नष्ट भएको छ। यस्तै सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयका भवन बस्न नमिल्ने गरी ध्वस्त भएका छन्।

भौतिक पूर्वाधार मन्त्रालय मातहतको प्राविधिकको टोलीले दुवै मन्त्रालयको भवनमा रातो स्टिकर टाँसेको छ। सबैभन्दा कम क्षति सामाजिक विकास मन्त्रालयमा भएको छ। मन्त्रालयको भुइँतलामा मात्रै क्षति भएको छ। तर, सामाजिक विकास मन्त्रालयको बाहिर पार्किङ गरिएका सबै गाडीहरू भने आगो लगाएर ध्वस्त पारिएका छन्।

सामाविक विकास मन्त्रालयका तीनवटा चारपांग्रे गाडी जलेर ध्वस्त भएका छन् भने १७ वटा मोटरसाइकल जलाइएका छन्। भुइँतलाको ढोका तोडेर लेखा, शिक्षालगायतका शाखाहरूबाट ल्यापटप र कम्प्युटरहरू चोरी गरिएका थिए। सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर हेमराज रेग्मीले मन्त्रालयको कामकाज भने सुचारु भइसकेको बताए।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पनि अरू मन्त्रालयको तुलनामा कम क्षति भएको छ। भौतिक संरचनाबाहेक यसले प्रारम्भीक तथ्यांकका आधारमा ४ करोड बराबरको क्षति भएको जनाएको छ। मन्त्रालयका ६ वटा चारपांग्रे सवारीसाधन जलाइएका छन् भने ७ वटा मोटरसाइकलमा आगजनी गरिएको छ। २४ ल्यापटप, १४ वटा डेस्कटप, कागजात, सोफासहितका सामानमा अगजनी गरिएको छ। 

यस्तै आन्तरिक मामिला मन्त्रालयका तीनवटा गाडी जलाइएका छन्। आन्दोलनकारीहरूले प्रदेश लोकसेवा कार्यालयमा पनि तोडफोड गरेका थिए। यसअघि सञ्चालन गरिएका परीक्षाका उत्तरपुस्तीकाहरू राखिएका थैलीहरू जलाइएका छन् भने कार्यालयमा राखिएका २ लाख रकम पनि लुटिएको छ। कार्यालयको सामानमा तोडफोड गरिए पनि सेवा सुचार गरिएको लोकसेवा आयोगका अध्यक्ष यज्ञराज बोहराले जानकारी दिए।

प्रदेश नीति तथा योजना आयोगको परिषद्का ४ वटा सवारीसाधनमा तोडफोड गरिएको छ। प्रदेश नीति तथा योजना आयोग पनि भाडाका घरमा भएकाले त्यहाँ आगो भने लगाइएन। तर, कार्यालयभित्रका आवश्यक काजपत्र, कम्प्युटरसहितका आवश्यक सामानहरू भने बाहिर निकालेर जलाइदिएका छन्। आन्दोलनकारीहरूले प्रदेश सरकारका मात्र नभएर संघीय सरकार मातहतका सरकारी कार्यालयहरूमा पनि आगजनी र तोडफोड गरेका छन्।

जिल्ला प्रशासन कार्यालयमा पनि आगजनी गरिएपछि अहिले राहदानी र राष्ट्रिय परिचयपत्रको काम बन्द भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले राष्ट्रिय परिचयपत्र फाँटको भवन आगजनी पछि पूरै भत्किएको र उपकरणहरू सबै तोडफोड र आगजनी भएकाले सेवा ठप्प रहेको बताए। 

ऐतिहासिक पुरानो भवनमा आगजनी गरिएपछि उक्त भवन भत्किएर खण्डहर भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले २ लाख सेवाग्राहीका तयार भएर आएका राष्ट्रिय परिचयपत्रका कार्डहरू जलेर नष्ट भएको बताएको छ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका