सुदूरपश्चिम घर भएका एक किशोरीसहित तीन जनाले गुमाए ज्यान, खोला किनारमा भेटिए दुई शव 



अत्तरियाः सुदूरपश्चिम घर भएका एक किशोरीसहित तीन जनाले एकैदिन ज्यान गुमाएका छन्। थप दुईवटा शव खोला किनारामा फेला परेको विवरण प्राप्त भएको छ। दुई जनाको भने सवारी दुर्घटनामा परेर ज्यान गएको हो। यस्तै डोटीमा एक जना प्रहरी जवान समेत मृत अवस्थामा फेला परेका छन्।

धनगढी बस दुर्घटनामा शाहीको मृत्यु

कैलालीको धनगढीबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस धनगढीको बोराडाँडीमा दुर्घटना भएको छ। धनगढी उपमहानगरपालिका–३ बोराडाँडीमा ग २ ख १९०७ नम्बरको बस शनिबार बिहान दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका एक पैदलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता राजकुमार सिंहले ६० वर्षीय गणेश शाहीको मृत्यु भएको बताए।

यस्तै दुर्घटनामा परी घाइते भएकाहरूको भने उपचार भइरहेको छ। प्रहरीका अनुसार बसमा १९ जना सवार रहेका थिए। घाइतेहरुको विस्तृत विवरण खुल्न बाँकी नै छ। धनगढीबाट 

काठमाडौं जाँदै गरेको बस दुर्घटनामा सरस्वतीको मृत्यु 

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको ना।८ ख ५७०३ नम्बरको बस कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१, वनकसवासास्थित महेन्द्रराजमार्गमा दुर्घटना भएको छ। दुर्घटनामा डोटीको दिपायल सिलगढी नगरपालिका–१ की १८ वर्षीया किशोरी सरस्वती खड्काको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

घाइतेहरूमध्ये ४ जनाको अवस्था गम्भीर रहेको तथा गम्भीर र मध्यम घाइते १५ जनालाई चन्द्रौटास्थित स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ। प्रहरीका अनुसार बिहानको समयमा तीव्र गतिमा गुडिरहेको बस मोडमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

कञ्चनपुरमा डुबेर बालकको मृत्यु

कञ्चनपुरमा पानीको खाडलमा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१० तिल्केनीका शंकर गिरीका १२ वर्षीय छोरा अनमोलको पानीको खाडलमा डुबेर मृत्यु भएको हो। नेपाल प्रहरीले सोही ठाउँको खाडलमा उनको शनिवार डुबेर मृत्यु भएको बताएको छ। प्रहरीले घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ।

डोटीमा एक प्रहरी जवान मृत फेला

डोटीमा एक ट्राफिक प्रहरी मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शिखर नगरपालिका–८ गोपघाटका २८ वर्षीय शंकर बलायर मृत फेला परेका हुन्। शुक्रबार राति करिब ११ बजेतिर केआईसिंह राजमार्गको गोपघाटस्थित सडकमा घोप्टो परेको अवस्थामा बलायर मृत फेला परेका हुन्।

उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। बलायर जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी जवान थिए। असोज ७ गते १८ दिनको बिदामा बलायर आफ्नो घर डोटी आएका थिए। जिल्ला प्रहरी कार्यालय डोटीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

दार्चुलामा खोला किनारमा भेटिए दुई शव

दार्चुलाको खोला किनारमा २ जनाको शव फेला परेको छ। जिल्लाको ब्याँस गाउँपालिका–१ तिङ्कर खोला किनारामा दाङको घोराही उपमहानगरपालिका–११ का ४८ वर्षीय जितमान चौधरी र महाकाली नदी किनारामा सोही नगरपालिका–१ का ३६ वर्षीय देवेन्द्र कामीको शव फेला परेको हो। नेपाल प्रहरीले देवेन्द्रको शव महाकाली नगरपालिका–४ बाङगाबरस्थित महाकाली नदी किनारमा फेला परेको बताएको छ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका