अत्तरिया: कैलालीका दुई युवक लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट दुई जना युवक लागुऔषधसहित पक्राउ परेका हुन्।
शनिवार दिउँसो धनगढी उपमहानगरपालिका–५ का ३० वर्षीय यलसन चौधरी र घोडाघोडी नगरपालिका–११ का १९ वर्षीय पर्शुराम कठरिया पक्राउ परेको प्रहरीले जनाएको छ।
चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ प २५६८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा एक ग्राम ४४० मिलिग्राम खैरो हेरोइन फेला परेको हो। त्यसपछि दुबै जनालाई मोटरसाइकलसहित प्रहरी चौकी त्रिनगरले नियन्त्रणमा लिएको हो।
दार्चुलामा चरेससहित एक जना पक्राउ
उता दार्चुलामा चरेससहित एक जना पक्राउ परेका छन। जिल्लाको दुहु गाउँपालिका–६ झोलुङ्गे पुलबाट सोही स्थानका ५६ वर्षीय हर्कबहादुर बम पक्राउ परेका हुन।
शनिवार ४८० ग्राम चरेससहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय, दार्चुलाको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।








प्रतिक्रिया दिनुहोस