सुदूरपश्चिममा सवारी दुर्घटनामा एक जनाको मृत्यु, १२ जना घाइते, धनगढीमा बसचालक पक्राउ 



अत्तरियाः सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। कैलालीको धनगढीमा भने एक जना बस चालक पक्राउ नै परेको विवरण प्राप्त भएको छ। प्रदेशभित्र आज जिप र मोटसाइकल दुर्घटना भएको विवरण प्राप्त भएको छ। दार्चुलामा जिप र डोटीमा मोटरसाइकल दुर्घटना भएको प्रहरीले बताएको छ।

दार्चुलामा जिप दुर्घटना

दार्चुलामा जिप दुर्घटना भएको छ। जिल्लाको महाकाली नगरपालिकाको साकारबाट निसिलतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो। दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।

महाकाली नगरपालिका–९ साकारबाट निसिल जाँदै गरेको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जिप वडा नम्बर–६ को बजगाडी भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी गौरव महतको टोली घटनास्थलमा खटिएको छ। घटनाको पुर्ण विवरण आउन भने बाँकी नै छ।

डोटीमा मोटरसाइकल दुर्घटना

डोटीमा सरकारी मोटरसाइकल दुघर्टना भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्। जिल्लाको केआईसिंह गाउँपालिका–४ चन्केसैनबाट गाउँपालिकाको केन्द्र वायल आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०३००१ बा ००४६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका हुन्।

घाइते हुनेमा मोटरसाइकल चालक २१ वर्षीय आशिष सिँजापती र पछाडि सवार २५ वर्षीय कृष्ण पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

धनगढीमा बसका चालक पक्राउ

कैलालीको धनगढीबाट पोखरा जान लागेको यात्रुबाहक बस दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिवार बिहान धनगढीको बोराडाँडीमा दुर्घटना भएको ग २ ख १९०७ नम्बरको बसका चालक ३५ वर्षीय सुरेश परियारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले परियारलाई नियन्त्रणमा लिएको बताए। यस्तै घाइतेहरुमध्ये १८ जना सामान्य उपचारपछि घर फर्किएको डिएसपी सिंहले बताए। दुर्घटनामा परेर घाइते भएका पैदलयात्री धनगढी उपमहानगरपालिका–४ बोराडाँडीका ६० वर्षीय गणेश शाहीको भने शनिबार मृत्यु भएको थियो।

प्रहरीका अनुसार बसमा दुर्घटनामा घाइते भएका पुनर्वास नगरपालिका–६ का ३२ वर्षीय विप्लव पोखरेललाई भने थप उपचारका लागि भारत पठाइएको छ। बसका सह–चालक र अन्य तीन जना घाइतेको धनगढीकै अस्पतालमा उपचार भइरहेको छ।

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका